नेपालमा ब्लड क्यान्सरको उपचार सहजै गर्न सकिन्छ, विदेश धाउनु पर्दैन : विज्ञ

<p>काठमाडौं । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् । आईतबार वीर अस्पतालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै बरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहीत हुनुनपर्ने बताए [&hellip;]</p>

काठमाडौं । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् । आईतबार वीर अस्पतालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै बरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहीत हुनुनपर्ने बताए । उनले अहिले धेरै प्रकारको टेक्नोलोजि र विज्ञहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए ।

उनले भने, ‘रोग लाग्यो भन्दैमा हतोत्साहीत हुने, औषधि नै नगर्ने, हाम्रो पालोमा रोग लागेपघि घर पठाइन्थ्यो सकिन्थ्यो । तर अब त्यो जमाना होइन, धेरै प्रकारको टेक्नोलोजी र विज्ञहरु आइसक्नुभएको छ ।’

त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले क्यान्सरका धेरै औषधिहरु निःशुल्क पाइने गरेको तर यसको जनतामाझ पु¥याउने कुरामा कमजोरी रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ब्लड क्यान्सर भएर निको भएकोले ब्लड क्यान्सर निको हुनेमा दिव्मत नरहेको बताए ।

उनले भने, ‘क्यान्सरका धेरै औषधिहरु निःशुल्क पनि पाइन्छन्, त्यो पनि अझै सबैले पाउन सकेका छैनन् । हामीले यसलाई बढाउनु पर्नेछ । ब्लड क्यान्सर उपचार गरेर निको हुन्छ भन्ने सबैभन्दा राम्रो उदाहरण हाम्रो महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई हेर्दा हुन्छ । यसमा सरकारको दृष्टिकोणबाट पनि सहयोग हुनुपर्छ । सरकारले क्यान्सरका बिरामीहरुका लागि उहाँहरुको सुविधा उपलब्ध हुने खालको सेवाहरु डेभलप गर्नुपर्छ ।’

त्यस्तै भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका हेमाटो–अंकोलोजी एण्ड बोनम्यारो ट्रान्सप्लान्टका निर्देशक डा. दिनेश भुरानीले क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्न नसक्ने भएकोले नेपालमै आफू आएर निःशुल्क उपचार गर्ने गरेको बताए ।

त्यस्तै हेमाटोलोजिस्ट डा.निरजकुमार सिंहले वीर अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरु गरिरहेको जानकारी दिए । ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुने उनी बताउँछन् । उनले सरकारलाई ब्लड क्यान्सरसम्बन्धी विशेष सेवा दिनका लागि घच्घच्याएर सहज उपचारको पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले ब्लड क्यान्सरको उपचार हामीले लगभग बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरु गरिरहेका छौँ । हामी सबै खालका ब्लड क्यान्सर रिलेटेडमा उपचार गरिरहेका छाँै । ब्लड क्यान्सर वा जुनसुकै ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुन्छ । डराउनु पर्दैन । हामीले सरकारलाई यसको बारेमा घच्घच्याउने हो भने हामी सबै खाले ब्लड क्यान्सरसम्बन्धी रोगको उपचार गर्न सक्छौँ ।’

त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले बस्र अस्पतालमा ब्लड क्यान्सर उपचारको लागि स्तरोन्नती गर्ने काम भइरहेको जानकारी दिए । उनले वीर अस्पताललाई सेन्टर एक्सेलेन्स हुने गरेर काम शुरु भएको र वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल बनाउने काम भइरहेको बताए ।

उनले भने, ‘हामीले उहाँलाई पारिश्रमीक सेवा सुविधा दिन सकेका छैनौँ । किनभने सरकारको त्यो मापदण्ड छैन । तरपनि उहाँले निःशुल्क सेवा दिइराख्नुभएको छ । हामीले सेवा दिइरहेका छौँ, स्तरोन्नती गर्न खोजेका छौँ, हामी अझै पनि यो सेन्टरलाई सेन्टर एक्सेलेन्स हुनेगरी हामीले काम गरिरहेका छौँ । हामी अझै वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल र यसमा सबै किसिमको सेवाहरु र विशिष्टीकृत हुन्छ भन्ने कुरा स्टाब्लीस गर्न खोजिरहेका छाैं ।’

त्यस्तै क्यान्सर पीडित डा. प्रेम दंगालले टेक्नोलोजीको सिस्टम विकास भइसकेकोले अबका दिनमा ब्लड क्यान्सर भएरै मरिन्छ भन्ने सोच्ननहुने बताए । ब्लड क्यान्सरको उपचार नेपालमै उपलब्ध भएको र निको हुने भएकोले यसको सूचना प्रचार गर्न आवश्यक रहेको उनी बताउँछन् ।

 

Share News