काठमाडौं । नेपाली कांग्रेसका नेता एवंम उद्योगी विनोद कुमार चौधरीले सबै समस्याको समाधान एउटा बजेट र अर्थ मन्त्रालयले दिन नसक्ने बताए ।
मंगलबार संघीय संसदमा सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा उनले बजेटले मात्र समस्याको समाधान नहुने भन्दै सुधारको पाइला सुरु भएको बताएका हुन ।
२०४८ सालदेखि राज्यले कुरेको दोस्रो जेनेरेशनको रिफम निकै ढिलो भएको कुरा निजी क्षेत्रले उठाउँदै आएका थिए । योे पाली अर्थमन्त्रीले निजी क्षेत्रलाई डेभलपमेन्ट इन्जीनको रुपमा प्रष्टसँग स्वीकार्नु, मेक इन नेपाल जस्तो दिर्घकालीन सोच बोकेको कार्यक्रमलाई अंगाल्नु निकै सराहनिय काम हो ।
आफ्ना कार्यकर्तालाई बाड्ने रकम अर्थमन्त्री शर्माले प्रदेशमा इन्कुभेटेर खोजेर गर्न खोजिएको कुरा सराहरनीय भएको उनले बताए । यस्तै, उनले बजेटले पिछाडिएका क्षेत्रलाई उत्पादन तथा रोजगारीसँग जोड्नका लागि आएका कार्यक्रमले देशको मुहार फेर्नसक्ने दाबी गरे ।
विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा उद्योग स्थापना गर्नेका लागि आयरमा छुट जस्ता कार्यक्रमले त्यहाँको विकासमा टेवा पुग्ने, हिमाली तथा पहाडी क्षेत्रमा प्रसोधन तथा उत्पादन श्रृखलामा जोड्ने कुरा सकारात्मक भएको उनले बताए ।
चौधरीले यो अर्थतन्त्रले दोस्रो चरणको सुधारमात्र नभएर आधुनिक डिजिटल अर्थतन्त्रलाई अंगालेको बताए ।