काठमाडौं । नेकपा एमालेका नेता योगेश भटराइले अर्थमन्त्री जनादर्न शर्माले कमिशन नआउने भएपछि स्वास्थ्य र शिक्षाको बजेट कटौती गरेको आरोप लगाएका छन् ।
मंगलबार संघीय संसदमा सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा उनले सो कुरा बताएका हुन ।
‘अहिले टिकटकमा अर्थमन्त्री जनादर्न शर्माको एउटा अन्तरवार्ता भाइरल भएको छ, उहाँ प्रतिनिधि सभा सदस्यको रुपमा आउटा अन्तरवार्ता दिनुभएको रैछ, उहाँले सो अन्तरवार्तामा शिक्षा र स्वास्थ्यको बजेट किन बढाइएन भन्नुभएको रैछ, स्वास्थ्यकोे बजेट २० प्रतिशत बढाउनुपथ्र्यो, तर स्वास्थ्यमा कमिशन नपाउने भएर बढाएनन् भन्नुभएको थियो’, उहाँ अहिले अर्थमन्त्री हुनुहुन्छ म प्रश्न गर्न चाहन्छु, ‘स्वास्थ्य र शिक्षामा आगामी आर्थिक वर्षलाई चाुल आवभन्दा कम बजेट छ, के कमिशन नै नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट कटौती गर्नुभएको हो ।’
यस्तै, उनले पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने भन्ने सरकारले त्यही विद्युतीय गाडीको कर बढाएर उल्टो बाटो हिडेको बताए ।