बजेटमा निर्यातमुखी कृषि क्षेत्रलाई प्राथमिकता : पुन

<p>काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्यातमुखी कृषि क्षेत्रलाई सरकारले आगामी वर्षको बजेटमा प्राथमिकता दिएको बताएका छन् । मंगलबार संघीय संसदमा सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा उनले सो कुरा बताएका हुन । उनले बाँझो जमिनलाई उपयोग गर्ने नीति, धान, गहुँ, [&hellip;]</p>

काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्यातमुखी कृषि क्षेत्रलाई सरकारले आगामी वर्षको बजेटमा प्राथमिकता दिएको बताएका छन् ।

मंगलबार संघीय संसदमा सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा उनले सो कुरा बताएका हुन ।

उनले बाँझो जमिनलाई उपयोग गर्ने नीति, धान, गहुँ, मकै लगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र कृषक पेन्सन योजना उत्कृष्ट रहेको बताए । कृषि उत्पादन र औद्योगिक उत्पादन बढाउँदै ८ लाख मानिसलाई गरिबीको रेखाबाट माथि उकास्ने विषय समेत स्वागतयोग्य रहेको पुनले बताए ।

‘नेपालमा उत्पादन भएको विद्युतको उपयोग गर्न ग्यासलाई विस्थापित गर्दै विद्युतीय चुलोको अवधारण ल्याईएको हो, पेट्रोलियम पदार्थ र ग्यास मात्र विस्थापन गर्न सकियो भने विदेशी मुद्रा सञ्चितीमा बृद्धि हुन्छ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन छुट दिईएको हो’, उनले भने ।

गत आर्थिक वर्षमा १५ हजार पेट्रोलियम पदार्थको गाडी भित्रदा १४ सय मात्र विद्युतीय गाडीहरु भित्रिएको उनले बताए । ‘पेट्रोलियम पदार्थबाट सञ्चालित सवारी साधन धेरै भित्रिएको पाइयो, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न निश्चित किलोबाटमाथिका सवारीमा भन्सार र अन्तशुल्क बढाइएको हो’, उनले भने, ‘आत्मनिर्भर अर्थतन्त्रलाई जोगाउन कर बढाइयो ।’

Share News