गठबन्धन सरकारले छोडेन रेल, भौतिकको बजेट १ खर्ब ६१ अर्ब

<p>काठमाडौं । गठबन्धन सरकारले रेल यातायात निर्माणमा ६ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै रेल र मेट्रो रेल निर्माणका लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । यस्तै, पूर्व पश्चिम राजमार्गको स्तरोन्नति गर्न ३० अर्ब ५० करोड रुपैयाँ, काठमाडौं तराई द्रुतमार्ग [&hellip;]</p>

काठमाडौं । गठबन्धन सरकारले रेल यातायात निर्माणमा ६ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै रेल र मेट्रो रेल निर्माणका लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

यस्तै, पूर्व पश्चिम राजमार्गको स्तरोन्नति गर्न ३० अर्ब ५० करोड रुपैयाँ, काठमाडौं तराई द्रुतमार्ग ३० अर्ब ७ करोड रुपैयाँ, मध्यपहाडी लोकमार्गको लागि ९ अर्ब ३३ करोड रुपैयाँ र हुलाकी लोकमार्गको लागि ६ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Share News