
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी वर्षको बजेट आशा जगाउने खालको नआएको बताएका छन् । उनले बजेटले व्यापारघाटा घटाउने, स्वदेशी पुँजी परिचालन र विदेशी ऋण आउन नसक्ने उनको भनाइ छ ।
उनले प्रशासनिक सुधारका सामान्य कुरामात्र बजेटमा समावेश गरिएको भन्दै व्यापार घाटाको विषय समावेश नगरिएको बताए ।
यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गठबन्धन सरकारले भोटकै लागि पपुलर बजेट ल्याएको बताए ।
‘अहिलेसम्मकै ठूलो बजेट ल्याइएको छ, तर मुख्य आकर्षक कुनैमा छैन, हचुवाको भरमा भोट ल्याउनकै लागि बजेट ल्याईयो’, उनले भने ।