६ लाख रूपैयाँसम्मकाे आयमा कर छुट, लाइसेन्स नविकरण गर्दा पनि कर चुक्ता अनिवार्य

<p>काठमाडौं । सरकारले आयकर छुटको सीमा ढेड लाखसम्म बढाएकाे छ। विवाहितको लागि ६ लाखसम्म र एकल व्यक्तिलाई ५ लाख रूपैयाँ सम्मको आयमा कर छुट हुने व्यवस्था गरिएको छ । यसअघि एकल व्यक्तिलाई ४ लाख र विवाहितलाई ४ लाख ५० हजारसम्ममा आयकर छुट थियो । सरकारले पेशागत प्रमाणपत्र नविकरण गर्दा अनिवार्य प्यान र कर चुक्ता प्रमाणपत्र [&hellip;]</p>

काठमाडौं । सरकारले आयकर छुटको सीमा ढेड लाखसम्म बढाएकाे छ। विवाहितको लागि ६ लाखसम्म र एकल व्यक्तिलाई ५ लाख रूपैयाँ सम्मको आयमा कर छुट हुने व्यवस्था गरिएको छ ।

यसअघि एकल व्यक्तिलाई ४ लाख र विवाहितलाई ४ लाख ५० हजारसम्ममा आयकर छुट थियो ।

सरकारले पेशागत प्रमाणपत्र नविकरण गर्दा अनिवार्य प्यान र कर चुक्ता प्रमाणपत्र बुझाउनु पर्ने व्यवस्था गरेकाे छ । त्यस्तै, चार पाङ्ग्रे सवारीको लाइसेन्स नविकरण गर्दा पनि कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छ ।

‘पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था गरिनेछ। चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नु पर्ने व्यवस्था गरिनेछ’ बजेटमा भनिएकाे छ ।

नेपालमा काम गर्ने विदेशी कामदारले भीषा नविकरण गर्दा कर चुक्ता प्रमाणपत्र अनिवार्य पेस गर्नु पर्ने व्यवस्था गरिएको छ । ‘नेपालमा काम गर्न श्रम सहमति वा कार्य सहमति प्राप्‍त गरेका विदेशी नागरिकलाई पारिश्रमिक कर लगायत अन्य करको दायरामा ल्याउन श्रम स्वीकृति तथा भिसा नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नु पर्ने व्यवस्था गरिनेछ’  बजेटमा भनिएकाे छ ।

प्यान लिएका सबैले अनलाइनबाटै कर चुक्ता प्रमाणापत्र लिन सक्ने व्यवस्था गरिएकाे अर्थमन्त्री जनार्दन शर्माले बताए ।

संघ, प्रदेश र स्थानीय तहका सवै सरकारी निकायले स्थायी लेखा नम्वर लिई विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने व्यवस्थालाई अनिवार्य गरिएकाे छ ।

नागरिकता तथा राष्‍ट्रिय परिचयपत्र प्रदान गर्दा कै बखत व्यक्तिगत स्थायी लेखा नम्बर प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइनेछ। नाबालिग नागरिक समेत लगानी वा व्यवसायमा संलग्न भएमा उनीहरूलार्इ जन्म दर्ता वा नावालिग परिचयपत्र र अभिभावकको परिचय पत्रको आधारमा स्थायी लेखा नम्बर प्रदान गर्ने व्यवस्था मिलाएको छु।

 

Share News