तलब १५ प्रतिशतले बढेपछि अब कुन कर्मचारीले कति पाउँछन् ?

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी राष्ट्र सेवक कर्मचारीको तलब बृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै तलब बृद्धि गरिएको जानकारी दिएका हुन् । सरकारले राष्ट्र सेवक कर्मचारीले पाउँदै आएको भत्ता लगायतका आर्थिक सुविधालाई पनि निरन्तरता दिएको छ । सरकारले तलब बढाएपछि सबै तहका कर्मचारीको तलब [&hellip;]</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी राष्ट्र सेवक कर्मचारीको तलब बृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै तलब बृद्धि गरिएको जानकारी दिएका हुन् ।

सरकारले राष्ट्र सेवक कर्मचारीले पाउँदै आएको भत्ता लगायतका आर्थिक सुविधालाई पनि निरन्तरता दिएको छ ।

सरकारले तलब बढाएपछि सबै तहका कर्मचारीको तलब बढेको छ । नयाँ व्यवस्था अनुसार निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी, सशस्त्र प्रहरी, संस्थान तथा समितिमा कार्यरत कर्मचारी सहित संचित कोषबाट तलब भत्ता खाने सबै कर्मचारीको तलब बृद्धि हुनेछ ।

यसै सन्दर्भमा हामीले सरकारी कर्मचारीले अब कति तलब पाउँछन् भनेर हिसाव गरेका छौं । तर, हामीले दिएको तथ्यांकमा कर्मचारीहरुको ग्रेड जोडिएको छैन । सरकारले चालु आर्थिक वर्षका लागि दिएको शुरु तलब र बढेको १५ प्रतिशत यहाँ पेश गरिएको छ ।

कसको कति ?
[pdf id=330631]

Share News