mofकाठमाडौं । सरकारले विद्युतीय कारोबार बढ्दै गएको बताएको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणका अनुसार नेपालमा विद्युतीय कारोबारको अवस्था बढेको हो । यस्तै, बैंक तथा मर्जरमा प्रोत्साहन गरेको कारण बैंक तथा वित्तीय संस्थाको संख्यामा कमि आएको पनि बताएको छ ।
यस्तै, सर्वेक्षण वित्तीय साक्षरता र पहुँच पनि बढ्दै गएको उल्लेख गरेको छ । सर्वेणले बैंकहरुको निक्षेप ४.१ प्रतिशतले र कर्जा १२.८ प्रतिशतले वृद्धि भएको देखाएको छ । सरकारले निष्कृय कर्जामा पनि सुधार भएको देखाएको छ ।
यस्तै गत आर्थिक वर्षको तुलनामा सेयर बजार पुँजीकरण पनि बढेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणले बीमा पहुँच तथा विस्तारमा पनि सुधार भएको देखाएको छ ।
यस्तो छ बैंक, बीमा र सेयर बजारको अवस्था
