काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रमाथि खेलबाड गर्नेबाहेक अन्य केही नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले कार्यक्रम ‘पपुलिस्ट’ प्रवृत्ति भन्दै अर्थतन्त्रमाथि खेलबाड गर्नेबाहेक केही नभएको बताएका हुन ।
उनले सरकारको गैरजिम्मेवार र अनुत्तरदायी प्रवृत्तिको नीति तथा कार्यक्रम ल्याएको समेत बताए ।
यस्तै उनले प्रचण्डले चितवनमा सत्ता गठबन्धन विजयी नभए देश दुर्घटनामा जाने भन्दै दिएको अभिव्यक्ति मतदातालाई धम्क्याउने कार्य भएको बताए ।