
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टी जनाएका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा आफूहरुको मागको आंशिक मात्रै सम्बोधन भएको थापाले उल्लेख गरेका छन् ।
राष्ट्रप्रति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेकै समयमा महामन्त्री थापाले सामाजिक संजाल ट्वीटर मार्फत असन्तुष्टी सार्वजनिक गरेका हुन् ।
थापाले सरकारको काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गर्ने सम्बन्धी कार्यक्रमप्रति असुन्तुष्टी जनाएका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गरिने भनिएको छ ।
थापाले भने यस्तो नीति आफुहरुको मागको आंशिक सम्बोधन मात्रै भएको बताएका हुन् ।
‘खासमा यो हाम्रो मागको आंशिक सम्बोधान भयो । हाम्रो माग काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तरगत फुटपाथ निर्माण, स्तरोन्नति र पुनस्र्थापना गर्न एउटा भिन्नै परियोजना नै चाहिन्छ भन्ने हो । निित अपुरो आए पनि काम चाहे जस्तो होस् भन्न हाम्रो प्रयत्न जारी रहन्छ,’ थापाले ट्वीट गर्दै उल्लेख गरेका छन् ।
