बजेट अधिवेशनले हटायो एमालेको संसद अवरोध

<p>काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गरेको छ । ९ महिना अगाडिदेखि प्रतिनिधिसभा (संसद)मा जारी अवरोध बजेट अधिवेशनमा अन्त्य गरेको हो । मंगलबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोलेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनले मुलुक एउटा कोर्समा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको उनले बताए । ‘अदालतले कारबाही नगरेपनि [&hellip;]</p>

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गरेको छ । ९ महिना अगाडिदेखि प्रतिनिधिसभा (संसद)मा जारी अवरोध बजेट अधिवेशनमा अन्त्य गरेको हो ।

मंगलबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोलेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनले मुलुक एउटा कोर्समा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको उनले बताए ।

‘अदालतले कारबाही नगरेपनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन् भन्ने लाग्छ, विभाजनका कारकहरुको परीणामलाई हामीले हेरिरहेका छौं,’ उनले भने ।

यसअघि संसद बैठकमा अवरोध गर्दै आएको एमालेले बजेट अधिवेशन सुरू भएसँगै अब अवरोध नगर्ने निर्णय गरेको बताइएको छ । एमालेले बजेट अधिवेशनको पहिलो दिन अवरोध गरेन ।

आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदैछ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।

Share News