काठमाडाैं । शुक्रबारबाट देशभर टाइफाइड खोप अभियान सुरु भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने टाइफाइडको खोप अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालले दक्षिण एसियामै पहिलोपटक टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी) प्रयोग गरी टाइफाइड खोप अभियान सुरु गरेको हो ।
यस अभियान अन्तर्गत स्थानिय तहको प्रत्येक वार्डम तोकिएको विद्यालयहरुको खोप केन्द्रहरुमा याे खाेप उपलब्ध हुने, विद्यालय नभएका वा कम भएका वडाहरुमा बाह्य खाप केन्द्र संचालन गरिने र अभियानको अन्तिम दिन वैशाख १८ गते स्वास्थ्य सेवामा खोप सेवा संचालन गरिने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।
यस्ता छन् टाइफाइड खोप बारे बारम्बार सोधिने प्रश्नहरु
१. टाइफाइड रोग कसरी सर्दछ ?
टाइफाइड/म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने रोग हो । संक्रमित व्यक्तिको दिसाको माध्यमबाट टाडा लगाउने जीवाणु बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ क्षित खाना वा पानीको माध्यमबाट सर्दछ ।
२. यो रोग कुन उमेरको मानिसहरूमा लाग्दछ ?
यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाईएको का विशेषतः १५ वर्ष मुनिका बालबालिकामा धेरै लागेको पाईएको छ ।
३. यो रोगका मुख्य लक्षण तथा चिन्हहरू के के हन ?
यो रोगको संक्रमण भएमा
• उच्च ज्वरो
• टाउको दुख्ने
• जिउ दुख्ने
• पसिना आउने र
• जिब्रोमा सेतो लेत लाग्ने (Coated tounge) आदी जस्ता मुख्य लक्षण र चिन्ह देखिन्छन भने केहीमा पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदी लक्षण र चिन्ह देखिन सक्छन् ।
रोगको संक्रमण पश्चात केही व्यक्तिहरूमा शरीरका विभिन भागमा संक्रमण (Bacteremial/Septicemia) फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धि समस्या आदि जस्ता जटिलताहरू देखा पर्न सक्दछ ।
४. यो रोगको पहिचान र निदान कसरी गर्न सकिन्छ ?
लक्षण तथा चिन्हको आधारमा यस रोगको प्रारम्भिक पहिचान हुन्छ साथै रगतको जाँच र दिसा पिसाबको जाँच गररे यो रोगको पहिचान गर्न सकिन्छ ।
५. यो रोगको उपचार र रोकथाम कसरी गर्न सकिन्छ ?
समय मै स्वास्थ्य केन्द्रमा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श अनुसार उपयुक्त प्रति जैविक औषधीको सेवनबाट यो रोगको उपचार गर्नु पर्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दूषित खाना र पानीको माध्यमबाट सर्ने भएको हुँदा यसबाट बच्ने मुख्य उपाय भनेको नै व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्न हो । साथै यो रोगबाट बच्न १५ महिनाको उमेरमा १ मात्रा खोप लगाउनु पर्दछ ।
६. के टाइफाइड विरुद्धको खोप सुरक्षित र प्रभावकारी छ ?
बाल नेपालमा दिन लागिएको टाइफाइड कन्ज्यगेट भ्याक्सिन IT विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र विश्वको धेरै देशहरूमा प्रयोग भई सकेको खोप हो । यो खोप सरक्षित र प्रभावकारी छ ।
७. यो खोप क-कसले लिनु जरुरी छ ?
यो खोप १५ महिना वा सो भन्दा माथी उमेर समुहका सबै व्यक्तिहरूले लिन मिल्छ तर हालको अभियानमा १५ महिना देखि १५ बर्ष मुनीका बालबालिकाहरूले लगाउनु पर्दछ । सो पछि नियमित खोप मार्फत १५ महिनाका प्रत्येक बालबालिकाहरूले टाइफाइड विरुद्धको एक मात्रा खोप अनिवार्य लिनु पर्दछ ।
८. यो खोप कसले लगाउनु हुँदैन ?
यो खोप विगतमा कुनै खोप लिदाँ गम्भीर प्रकारको प्रतिक्रया (Severe Allergy) देखा परको वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनु हुँदैन । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनु हुँदैन, तर बिरामी ठीक भईसकेपछि यो खोप लिन सकिन्छ ।
नोटः : साधरण विरामी भएको अवस्था जस्तै : हल्का ज्वरो आएको, रुघा खोकी लागेको, कपोषण भएको अवस्थामा यो खोप दिन सकिन्छ।
९. यो खोप लगाएपछि के के असरहरू देखिन सक्छ ?
टाइफाइड विरुद्धको खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य (सुई लगाएको ठाँउमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने आदी असरहरू हुनसक्छन् र यस्ता सामान्य असरहरू बिस्तारै आफै ठीक भएर जान्छन् । खोप लगाए पश्चात यस्ता लक्षणहरू बाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।
१०. टाइफाइड रोगबाट सुरक्षित हुन यो खोपको कति मात्रा/पटक लगाउनु पर्दछ ? यो खोप अभियानको समयमा १५ महिना देखि १५ वर्ष मुनीका बालबालिकाले १ मात्रा र सो पछि १५ महिनाका प्रत्येक बालबालिकाले नियमित खोप मार्फत १ मात्रा खोप लगाउनु पर्दछ ।
११. टाइफाइड विरुद्धको खोप अभियान कहिले र कहाँ सञ्चालन हुन गइरहेको छ ?
टाइफाइड विरुद्धको खोप अभियान आगामी २०७८ चैत्र र २०७९ बैशाख महिना भित्र एकै चरणमा देशैभर संचालन हुनेछ । आफना जिल्ला, पालिका तथा वडाको खोप अभियान संचालन हुने मिति र समय स्थानिय एफ.एम, रेडियो, स्वास्थ्य संस्था, स्वयंसेविका, विद्यालयहरू आदि मार्फत जानकारी पाइनेछ ।
१२. यो खोप कहाँ – कहाँबाट उपलब्ध हुन्छ ?
आफनो स्थानिय तहको वडामा रहेको तोकिएको विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र निर्धारण गरिएको हुन्छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गई यो खोप लिन सकिन्छ ।
१३. यस अघि टाइफाइड विरुद्धको खोप लिएका बालबालिकाहरूले यो अभियानमा खोप लगाउने वा नलगाउने ?
१५ महिना देखि १५ वर्ष भित्रका बालबालिकाले यस अघि टाइफाइड विरुद्धको खोप लिएको भएता पनि यो अभियानमा १ मात्रा खोप लिन् पर्दछ ।
१४. यो खोप लगाएपछि कुनै प्रमाण/कागजात उपलब्ध हुन्छ ?
हो, उपलब्ध हुन्छ । खोप लगाएपछि सबै बालबालिकालाई खोप कार्ड उपलब्ध हुनेछ र यो कार्ड सुरक्षित साथ राख्नुपर्दछ ।