
गत चैत ११ गते बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको छ । ६५० एमजीको सिटामोलले अनुमति पाएको विषयमा अहिले विभिन्न धारणाहरू आइरहेका छन् । हाल औषधि व्यवस्था विभागमा ५ वटा कम्पनीले ६५० एमजीको प्यारासिटामोल बनाउन निवेदन दिएका छन् । औषधि उत्पादकहरू पनि सो सिटामोल उत्पादन गर्न तयार छन् ।
सन् २०१८ मा इन्डियन फार्मोकोपियामा ६५० एमजीको प्यारासिटामोल प्रयोगमा आएको थियो । भारतीय बजारले ६५० एमजीको सिटामोललाई धेरै रुचायो । भारतमा धेरै रुचाइएपछि सो औषधि नेपालमा पनि ल्याउन बहस चल्यो । नेपालका औषधि उत्पादक कम्पनीले पनि त्यसको लागि २०१८ देखि नै प्रक्रिया सुरू गरे । कोभिड–१९ सुरु भएपछि त झन भारतमा ६५० एमजीको सिटामोलको अत्याधिक प्रयोग भयो । भारतमा त्यस समय ५०० र ३७५ एमजीका दुवै सिटामोल प्रयोगमा थिए ।
६५० एमजीको सिटामोल मानिसको शरीरको वजनअनुसार ६० किलोभन्दा माथिको मानिसलाई दिइन्छ । अहिले आइरहेको हल्ला अनुसार हामीले ५०० हटाएर ६५० एमजी उत्पादन गर्न लागेका होइनौं । हामीले ५०० सँगसँगैं ६५० एमजी सिटामोलको उत्पादन गर्न लागेका हौं । औषधि चल्छ चल्दैन, भोलिको दिनमा यो कतिको आवश्यक हुन्छ त्यो प्रिस्क्राइब गर्ने डाक्टरलाई नै थाहा होला । ५०० जस्तै ६५० एमजी पक्कै पनि सबैले उपयोग गर्न मिल्दैन । तर, ‘ओभर द काउन्टर’को रुपमा दिँदा ५०० एमजी दिने र ६५० एमजी डाक्टरको सल्लाहमा दिने भन्ने कुरा हो ।
डाक्टरहरूले बीचको वजन भएका मानिसलाई दिने सिटामोल नभएकाले हामीलाई ६५० पनि चाहिन्छ भन्नुभएको आधारमै हामीले यो बनाउनलाई अगाडि बढाएका हौं । जस्तै ५०० एमजीलाई आधा पारेर ७५० एमजी त बनाउन सकियो र १००० एमजीसम्म पनि चलाउन सकिन्छ । तर, एउटा बिच्चाको वजन भएकालाई दिने औषधि नभएकै देखिएर डाक्टरहरूको चाहना अनुसार प्राविधिक रुपमा पनि बनाउन सकिने भएकाले हामीले अनुमति दिनु पर्छ भनेका हौं ।
सबैभन्दा महत्वपूर्ण विषय औषधिको प्रयोग डाक्टरको सल्लाहमै गर्ने हो । यो औषधि डाक्टरले बिरामीको आवश्यकता अनुसार प्रिस्क्राइब गर्ने हो । यसलाई ठूलो मद्धाको रुपमा लिन पर्दैन । यो त एउटा नयाँ फर्म आएको हो । जसअनुसार ५०० एमजीको सिटामोल प्रयोग गर्नेलाई ५०० उपलब्ध हुन्छ र ? ६५० एमजी प्रयोग गर्नेलाइ ६५० एमजी उपलब्ध हुन्छ ।
८० वटा राष्ट्रहरूले ६५० एमजीको प्यारासिटामोल बनाइसकेका छन् । मात्रा पुर्याएर खायो भने त्यो औषधि हो । तर, मात्रा पुर्याएर नखाए विष हुन्छ । त्यसकारणले औषधिलाई औषधिको रुपमा बुझ्नु पर्छ । डाक्टरबाहेक अन्य औषधि बढी खान प्रोत्साहन गर्छ भने त्यसलाई न्यूनीकरण गनुपर्छ । तर, आवश्यकतालाई रोक्न सकिँदैन । औषधि जस्तो चिज एकजना मान्छेलाई ५०० एमजी खाएर पुग्दैन भने उसले ६५० एमजी पाउनुपर्छ भन्ने उद्योगीको कुरा हो । डाक्टरले लेखिदिए मात्र यो उपयोग हुने देखिएकाले यो विवाद गर्नु पर्ने केही देखिँदैन । डाक्टरलाई आवश्यक छ, बिरामीलाई चाहिएको छ भने यसलाई बनाउन किन नदिने ? हामीले नबुझेको विषय यही हो ।
क्लिनिकल परीक्षणमाथि प्रश्न
अहिले यो औषधिको क्लिनिकल ट्रायल भएको छैन भनेर बहस भइरहेको छ । नेपालमा अहिलेसम्म कुनै पनि औषधिको क्लिनिकल ट्रायल भएको छैन । कोभिडको भ्याक्सिन रेम्डिसिभिरको लागि ट्रायल गर्ने भनेर नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) बल्ल मापदण्ड बनाएको हो । हामी अहिले नेपालमा १९ हजार ब्राण्ड बिक्री गर्छौं । तर, अहिलेसम्म कुनै पनि औषधिको क्लिनिकल ट्रायल भएको छैन । क्लिनिकल ट्रायल प्राइभेट सेक्टरले गर्ने होइन । यो गर्नको लागि निजी क्षेत्र सहभागी मात्रै हुनु पर्छ । तर, यसको लागि हस्पिटल, बिरामी, ल्याब, डाक्टर सबै उपलब्ध सरकारले गराउनुपर्छ । यो एक्लै कसैले गर्न सक्दैन ।
अहिले जुन विवाद भइरहेको छ हुन त उहाँहरूले पनि औषधि क्षेत्रकै भएकाले केही बुझेर विवाद गर्नुभएको होला । ६५० एमजीको सिटामोटल डाक्टरलाई आवश्यक छ । बिरामीलाई चाहिएको छ । उद्योगी बनाउन सक्छौं भने बनाउन रोक्नुपर्ने कारण के छ ? यसमा खुलेर बहस गर्नुपर्छ । हामी उद्योगीले पनि अनावश्यक औषधि बजारमा लगेर हामीलाई नै घाटा छ । आवश्यक नभएको उत्पादनलाई बजारमा पठाउनु त हाम्रै घाटा हो । बिरामीलाई चाहिन्छ भनेर हामी अगाडि बढेका हौं । बिरामीलाई चाहिँदैन भएको भए त हामी स्वतः बजारबाट निस्किए भइहाल्यो ।
हामी ५५ प्रतिशत औषधि भारतबाट ल्याउँछौं । भारत र हाम्रो धेरै कुरामा समानता छ । शरीरको बनावटदेखि रहनसहन, खानपिन हाम्रो उस्ता–उस्तै छ । भारतमा आवश्यक भएर सफल भएको औषधि नेपालमा ल्याउनु हुँदैन भन्नुको कारण चाहिँ उनीहरूको नियतमाथि शंका गर्नु हो ।
६५० एमजीको मूल्य अन्तर्राष्ट्रिय देशको मूल्य हेरेर त्यो भन्दा बढी नुहुने गरी तोकिने बताइएको छ । आजको दिनमा भारतमा ६५० एमजीको सिटामोलको मूल्य २ रुपैयाँ छ भने नेपालमा ३ रुपैयाँ २० पैसा माथि नबढ्ने गरी भनिएको छ । अब त्यो मूल्य हामी स्वीकृत गरेर लिन्छौं ।
हामीले ३० हजार औषधि पसल चलाइरहेका छौं । लगभग १०० वटा हामीसँग उद्योग छ । काउन्सिलमा १४ हजार फार्मेसिस्ट नेपालमा दर्ता छन् । हामी सबैलाई सबै ठाउँमा फार्मेसिस्ट चाहिन्छ भनिरहेका छौं । १४ हजारमा चार हजार फार्मसिस्ट नेपालमा छैनन् । १० हजारमध्ये पनि ४ हजार ढी उद्योगमा संलग्न छन् । बाँकी ६ हजार फार्मेसिस्टले औषधि पसल पनि चलाउने, डाक्टरको प्रिस्क्रिप्सन पनि जेनेरेट गर्ने काम नेपालमा सम्भव छैन । हामी नियम चाहिँ अमेरिकाको जस्तो बनाउँछौं । हामीसँग जनशक्ति छैन । अकेरिकामा क्लिनिकल फार्मेसिस्टले प्रिस्काइब गर्छन् । तर, नेपालमा त डाक्टरले गर्छन
मूल्य ६५० एमजीको मूल्य अन्तर्राष्ट्रिय देशको मूल्य हेरेर त्यो भन्दा बढी नुहुने गरी तोकिने बताइएको छ । आजको दिनमा भारतमा ६५० एमजीको सिटामोलको मूल्य २ रुपैयाँ छ भने नेपालमा ३ रुपैयाँ २० पैसा माथि नबढ्ने गरी भनिएको छ । अब त्यो मूल्य हामी स्वीकृत गरेर लिन्छौं ।
(नेपाल औषधि उत्पादन संघका महासचिव अधिकारीसँग विकासन्युजकी डोमी शेर्पाले गरेको कुराकानीमा आधारित )