काठमाडौं । नेपालले दक्षिण एसियामै पहिलोपटक टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी) प्रयोग गरी टाइफाइड खोप अभियान गर्ने भएको छ । नेपालले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशव्यापी रुपमा टिसिभी प्रयोग गरी टाइफाइड खोप अभियान गर्ने भएको हो ।
टाइफाइडको लागि निकै प्रभावकारी मानिएको टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी) विश्व स्वास्थ्य संगठनको सिफारिसमा नेपालले यो भ्याक्सिन प्रयोग गर्न लागेको हो ।
सरकारले अभियानमा १५ महिनादेखि १५ वर्षसम्मके ७५ लाख बालबालिकालाई खोप लगाउने जानकारी स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।
दाहालको अनुसार अभियान अन्तर्गत स्थानिय तहको प्रत्येक वार्डम तोकिएको विद्यालयहरुको खोप केन्द्रहरुमा खाेप उपलब्ध हुने, विद्यालय नभएका वा कम भएका वडाहरुमा बाह्य खाप केन्द्र संचालन गरिने र अभियानको अन्तिम दिन वैशाख १८ गते स्वास्थ्य सेवामा खोप सेवा संचालन गरिनेछ ।
दाहालले यस खोप अभियानमार्फत कोरोनाको कारण अन्य खोप लगाउन छुटेका बालबालिकाको पनि डाटा संकलन गरेर उनीहरुलाई खोप उपलब्ध गराउने उदेश्य रहेको बताए ।
टाइफाइडको कारण विश्वमा हरेका वर्ष २ करोड बढी जनसंख्या संक्रमित हुन्छन् जसमा एक लाख ६१ हजारजनाको मृत्यु हुने गरेको छ । विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षोनि साढे ४ लाख नेपालीमा टाइफाइड रोग संक्रमण देखिएको छ ।