काठमाडौं । ५०० एमजीको प्यारासिटामोलको उत्पादन बन्द गर्ने आफूहरुको कुनै योजना नरहेको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताएका छन् ।
उनले बजारमा ५०० एमजी प्यारासिटामोलको उत्पादन बन्द गरेर ६५० एमजीको प्यारासिटामोल मात्र उत्पादन गर्ने विषय भ्रमपूर्ण रहेको बताए ।
हामीले ५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नको लागी अनुमति पाएका हौं । त्यसैले ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुनेछ, उनले भने ।
औषधि सल्लाहकार समितिको चैत १० गते बसेको बैठकले ६५० एमजीको औषधिलाई उत्पादन गर्न अनुमति दिएको थियो । विभिन्न रोगहरुमा पारासिटामोल ६५० एमजी पनि आवश्यक देखिएकोले यसको उत्पादन सुरु गर्न लागेको उनले बताए ।
कोभिडको समयमा समेत नेपाल तथा विभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले पारासिटामोलको ६५० एमजी मात्र नभई १००० एमजी सम्मको डोज आवश्यकता महशुस गरी प्रयोग भइरहेकोे उनी बताउँछन् ।