एभरेष्ट अस्पतालमा नारी दिवसको दिन नि:शुल्क स्वास्थ्य शिविर

<p>काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले फागुन २४ गते नारी दिवसको दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । अस्पतालले विशेषगरी स्त्री रोगसँग सम्बन्धित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । बरिष्ठ स्त्री रोग तथा निसन्तान विशेषज्ञ डा। जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले [&hellip;]</p>

काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालले फागुन २४ गते नारी दिवसको दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । अस्पतालले विशेषगरी स्त्री रोगसँग सम्बन्धित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

बरिष्ठ स्त्री रोग तथा निसन्तान विशेषज्ञ डा। जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निसन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तर क्यानसरको नि:शुल्क ओपिडी सञ्चालन गर्ने भएका छन् ।

अस्पतालको अनुसार यस सेवा २४ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा स्त्री रोग तथा निसन्तान सम्बन्धी निस्शुल्क स्वास्थ्य परिक्षण र स्तन क्यान्सर सम्बन्धी सम्पूर्ण रोगको परामर्श जाचँ एवंम उपचार गरिने बताइएको छ ।

नेपाली समाजमा दिन प्रति दिन बाजोपन तथा स्त्री रोगको समस्या तथा स्तन क्यानसरको समस्या दिन प्रति दिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दिपक चन्द्र बरालले बताए । उनका अनुसार शिविरमा निशुल्क स्वास्थ्य परिक्षण र परामर्श साथै प्याप स्मेर जाँच गर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवा समेत ३० प्रतिशत छुट दिइनेछ ।

पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्याक्रिया, लगायत स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएका र ल्याप्रोस्कोपी सर्जरीबाट बाटै अप्रेशन गर्नु नै पर्ने अवस्था आएमा पनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।

Share News