शनिबार नर्भिकमा मृगौला रोगीलाई फ्रि ओपीडी सेवा

<p>काठमाडौं । नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २१ गते शनिबार(भोलि) निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । शनिबार प्राडा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म(२ घण्टा) संचालन [&hellip;]</p>

काठमाडौं । नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २१ गते शनिबार(भोलि) निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ ।

शनिबार प्राडा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म(२ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ ।

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्ने छन् ।

Share News