वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण नि:शुल्क

<p>काठमाडौं । अबदेखि वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण निस्शुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको लागि नि:शुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा [&hellip;]</p>

काठमाडौं । अबदेखि वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण निस्शुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको लागि नि:शुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो ।

संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारले सरकार अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकू, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट नि:शुल्क पीसीआर परीक्षण गराउन पाउनेछन् ।

Share News