काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कार्यभार सम्हालेका छन् । नवनियुक्त अध्यक्ष हमालले फागुन ८ गते आफ्नो पदभार ग्रहण गरि कार्यभार सम्हालेका हुन् ।
हमालले नियुक्त भएको तीन दिनमै आफ्नो कार्यभार सम्हालेका हुन् । गत फागुन ५ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको थियो ।
करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव भएका उनले संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत हमालसँग छ ।
हमाल पूर्व गैरआवासिय नेपाली पनि हुन् । उनले एनआरएन थाइल्याण्डका पूर्व अध्यक्षका रुपमा काम गरिसकेका छन् । हमालकाे घर कैलाली हो । हाल उनी ललितपुरमा बस्दै आएका छन् । हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव छ । हमाल पनि पूर्वाधार, वित्तीय र घरजग्गा क्षेत्रको विज्ञका रुपमा परिचित छन् ।
इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका डोटी सिलगढीका हमालले ८ वर्ष नेपाल विद्युत प्राधिकरणमा काम पनि गरेका थिए ।
सम्बन्धित सामाग्रीः सेबोनको अध्यक्ष बने रमेश हमाल, को हुन् उनी ?