पछिल्लो २४ घण्टामा ८ सय ३६ जनामा कोरोना पोजेटिभ

<p>काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा १८२६ जना कोरोना [&hellip;]</p>

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा १८२६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर २६ हजार १०२ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन्।

Share News