फागुन १ गतेदेखि सबैलाई बुस्टर डोज

<p>काठमाडौं । सरकारले फागुन १ गतेदेखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले फागुन १ गतेदेखि सबैलाई बुस्टर डोज लगाउने बताएका हुन् । उनले कोरोनाभाइरसविरुद्धको पुर्ण खोप लगाइसकेका सबैले नजिकैको खोप केन्द्रमा गएर पुर्ण खोप लगाएको कार्ड लगेर खोप लगाउन पाउने बताए । यसअघि फ्रन्टलाइनर र वृद्धवृद्धाहरुलाई [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । सरकारले फागुन १ गतेदेखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले फागुन १ गतेदेखि सबैलाई बुस्टर डोज लगाउने बताएका हुन् ।

उनले कोरोनाभाइरसविरुद्धको पुर्ण खोप लगाइसकेका सबैले नजिकैको खोप केन्द्रमा गएर पुर्ण खोप लगाएको कार्ड लगेर खोप लगाउन पाउने बताए ।

यसअघि फ्रन्टलाइनर र वृद्धवृद्धाहरुलाई मात्र बुस्टर डोज प्रदान गरिएको थियो ।

Share News