काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेका २५ ठूला आयोजनाको पुँजीगत खर्च न्यून रहेको पाइएकोे छ ।
बिहीबार आर्थिक वर्ष २०७८/०७८ को बजेटको अर्धवार्षिक समीक्षामा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार खर्च न्यून रहेको पाइएको हो । सरकारले चालु आर्थिक वर्षमा २५ वटा सो आयोजनाका लागि ८२ अर्ब २४ करोड बढी बजेट विनियोजन गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा छुट्टाईएको उक्त बजेट मध्येमा १३ अर्ब ४८ करोड मात्र खर्च भएको छ ।
राष्ट्रिय गौरवका आयोजनाका लागि चालूतर्फ ३ अर्ब ३८ करोड ४६ लाख, पुँजीगततर्फ ६६ अर्ब ४७ करोड र वित्तीय व्यवस्थापन तर्फ १२ अर्ब ३८ करोड ४६ लाख गरी ८२ अर्ब २४ करोड ४४ लाख बजेट विनियोजन गरिएको थियो ।
उक्त विनियोजन गरिएको बजेट अन्तरगत चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चालुतर्फ १ अर्ब ३६ करोड ८० लाख, पुँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख र वित्तीय व्यवस्थापन तर्फ ४८ अर्ब ५० लाख गरी १३ अर्ब ४८ करोड ३६ लाख खर्च भएको छ ।
कुन विनियोजित बजेटमध्ये गौरवका आयोजनामा १६.३९ प्रतिशत मात्र बजेट खर्च भएको हो ।