काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सथानीय तहको निर्वाचन (चुनाव) का लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग आएको बताएका छन् । बिहीबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् ।
‘निर्वाचनका लागि बजेटमा १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको छ । तर अहिले हामीकहाँ ५० अर्ब बजेटको माग आयो, उनले भने, कसरी स्रोतको परिचालन गर्ने तर्फ हामीले अध्ययन गर्दैछौं ।’
उनले बजेटका लागि स्रोत व्यवस्थापनमा मुख्य चुनौति थपिएको छ । सरकारी स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने तयारी थालेको छ ।