मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बजेट पसलमा विशेष छुट

<p>काठमाडाैं । मुक्तिनाथ विकास बैंक ग्राहकलाई थप सेवा दिन अनलाइन सपिङ्ग बजेट पसल डट कमसँग सम्झाैता गरेकाे छ । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित बजेट पसल डटकमसँग व्यवसायिक सम्झौता गरेकाे हाे । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बजेट पसलबाट [&hellip;]</p>

काठमाडाैं । मुक्तिनाथ विकास बैंक ग्राहकलाई थप सेवा दिन अनलाइन सपिङ्ग बजेट पसल डट कमसँग सम्झाैता गरेकाे छ ।

बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित बजेट पसल डटकमसँग व्यवसायिक सम्झौता गरेकाे हाे ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बजेट पसलबाट ३ हजारभन्दा बढिको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बजेट पसल डटकममार्फत सजिलै विभिन्न खाद्य वस्तु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाई, सुन्दरताका सामाग्री सजिलैखरिद गर्न सकिन्छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Share News