नर्भिकमा पुस महिनाभरी यूरोलोजी टिमको फ्री ओपिडी हुने, पत्थरीको शल्यक्रियामा विशेष छुट

<p>काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गर्ने भएको छ । यही योजनाअनुसार शनिबार(भोलि) नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ । निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । शनिafर बिहान १० बजेदेखि मध्यान्ह [&hellip;]</p>

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गर्ने भएको छ । यही योजनाअनुसार शनिबार(भोलि) नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ ।

निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । शनिafर बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपिडी संचालन हुनेछ ।

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् । नर्भिकले अस्पतालमा उपलब्ध मृगौलाको पत्थरीका विभिन्न शल्यक्रिया विधिहरुमा पुस महिनाभरि विशेष छुटको समेत घोषणा गरेको छ ।

नर्भिक अस्पतालमा सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि मिनी पिसीएनएल तथा अल्ट्रा मिनी पिसीएनएल उपलब्ध छ । यस्तै, घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि समेत उपलब्ध छ ।

निःशुल्क ओपिडीमा सहभागी हुने बिरामीहरुले माथि उल्लिखित विभिन्न विधिहरुबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ ।

Share News