मेडिकल कलेजले बढी शुल्क लिएको विषयमा अध्ययन गर्न स्वास्थ्य समितिको निर्देशन

<p>काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसेको बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या [&hellip;]</p>

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसेको बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन दिएको हो ।

त्यस्तै समितिले शिक्षा सम्बन्धि विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ ।

यस अघिपनि मेडिकल कलेजमा शुल्क बढी लिएको विषयमा विवाद भएको भन्दै सभापति जयपुरी घर्तीले अहिलेको विषय के हो सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । सभापति घर्तीले सरकारले प्रतिबद्धता गरे अनुसारका शिक्षा विधेयक तथा ऐन पनि तत्काल ल्याउन निर्देशन दिईएको जानकारी दिईन ।

त्यस्तै, बैठकले यसअघि नै समितिले एसईई परिक्षा नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

Share News