काठमाडौं । डाबर नेपालले वीर अस्पताल एनएएमएसलाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यसहित कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत उक्त उपकरण हस्तान्तरण गरेको हो ।
उक्त उपकरण डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना र वीर अस्पतालका एच.एस. बेदी, व्यापार प्रमुख-नेपाल तथा म्यानमारले हस्तान्तरण गरेका हुन् । डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पताल-एनएएमएसका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने, ‘वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।’