काठमाडौं । मिदास टेक्नोलोजीले धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ ।
याेसँगैं अब प्रदेश १ र २ का बिरामीहरूले अस्पतालमा बिहानैदेखि घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने भएका छन् । यो सेवा पूर्वाञ्ञल स्वास्थ्य क्षेत्रमा पहिलो पटक मिदास टेक्नोलोजीले सफ्टवेर मार्फत सुरु गरेकाे हाे ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिदासले जनाएकाे छ ।
कम्पनीले हाल टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै अन्य सरकारी तथा निजी अस्पतालहरुमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था मिलाएको छ ।