काठमाडौं । शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । यसको नतिजा सजिलै थाहा पाउन र हेर्नको लागि टेलिकमले वेवसाइट र एसएमएसको व्यवस्था गरेको छ
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ लगइन गरी सिम्बोल नम्बर र जन्म मिति लेखेर हेर्न सकिन्छ ।
यसैगरी NEB टाइप गरी स्पेस छाडेर सिम्बोल नम्बर लेखी १६००मा सन्देश पठाएर पनि तत्कालै परीक्षाफल थाहा पाउन सकिन्छ । साथै १६०१ डायल गरी प्राप्त निर्देशन अनुसार सिम्बोल नम्बर राखी नतिजा थाहा पाउन सकिनेछ ।