भारतमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमीक्रोन’

<p>काठमाडौं । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण देखिएको छ । बिहिबार भारतको कर्नाटाकामा यस नयाँ भेरियन्टको दुई नयाँ केस देखिएको हो । हालसम्म २९ देशहरुमा यसको ३७३ भन्दा बढी केसहरु देखिसेकेको छ । दक्षिण अफ्रिकी मुलुकहरुमा सबैभन्दा पहिला देखिएको यो नयाँ भेरियन्ट हालसम्म नेपालमा भने नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भेरियन्ट स‌ंक्रामक तथा [&hellip;]</p>

काठमाडौं । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण देखिएको छ । बिहिबार भारतको कर्नाटाकामा यस नयाँ भेरियन्टको दुई नयाँ केस देखिएको हो ।

हालसम्म २९ देशहरुमा यसको ३७३ भन्दा बढी केसहरु देखिसेकेको छ । दक्षिण अफ्रिकी मुलुकहरुमा सबैभन्दा पहिला देखिएको यो नयाँ भेरियन्ट हालसम्म नेपालमा भने नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो भेरियन्ट स‌ंक्रामक तथा सबै उमेर समुहका व्यक्तिहरुमा असर पार्ने देखिएको हुनाले सबैलाई सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।

विश्व स्वास्थ्य स‌ंगठनकाे अनुसार यसबारे थप अध्यन भइरहेको छ ।

Share News