काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको रुपमा डा. मनिषा रावलले कार्यभार सम्हालेकी छिन् । उनले सोमबार अस्पतालको नयाँ निर्देशकको रुपमा कार्यभार सम्हालेकी हुन् ।
यसअघि अस्पतालको निर्देशकमा डा अनुप बास्तोला ५ महिना अघि मात्र नियुक्त भएका थिए । डा. बास्तोला कोरोना संक्रमितको उपचारमा सक्रिय डाक्टर मानिन्छन् ।
डा. रावल भने दोस्रो पटक शुक्रराज अस्पतालको निर्देशक भएकी हुन् । यसअघि उनले २०७४ कार्तिक २८ गते अस्पतालको निर्देशकको रुपमा जिम्मेवारी पाएकी थिइन् ।