नयाँ भेरियन्टसँग नेपाललाई सर्तकता अपनाउन डब्लूएचओको सुझाव

<p>काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालसहित दक्षिणपूवी एसियाका देशलाई सर्तकता बढाउन अनुरोध गरेको छ। उत्तर अफ्रिकी देशहरुमा गएकाे नाेभेम्बर २४ मा देखिएकाे कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सँग डब्लूएचओले दक्षिणपूर्वी देशहरुलाई सर्तकता अपनाउन अनुरोध गरेको हो । आज(मंसिर १२) डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले  प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी रूपमा संक्रमितको [&hellip;]</p>

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालसहित दक्षिणपूवी एसियाका देशलाई सर्तकता बढाउन अनुरोध गरेको छ।

उत्तर अफ्रिकी देशहरुमा गएकाे नाेभेम्बर २४ मा देखिएकाे कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सँग डब्लूएचओले दक्षिणपूर्वी देशहरुलाई सर्तकता अपनाउन अनुरोध गरेको हो ।

आज(मंसिर १२) डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले  प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी रूपमा संक्रमितको संख्या बढ्दै कारण एसिया क्षेत्रका देशहरुलाई निगरानी बढाउन, सार्वजनिक स्वास्थ्य र सामाजिक दुरीका उपायहरुलाई अपनाउन र खोप लगाउनेकाे स‌ंख्या बढाउन अनुरोध गरेकी छिन् ।

Share News