अब देशभरको ९ अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन नि:शुल्क पाइने

<p>काठमाडौ‌ं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरको ९ अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन नि:शुल्क पाइने व्यवस्था गरेको छ । मन्त्रालयले विराटनगरको कोशी अस्पताल, धनुषाको जनकपुर अस्पताल, हेटौडाको मदनभण्डारी अस्पताल, विरगंजको नारायणी अस्पताल, चितवनको भरतपुर अस्पताल, गण्डकीको पोखरा स्वा बि प्रतिस्ठ, बुटवलको लुम्बिनी अस्पताल, सुर्खेत अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन निस्शुल्क पाइने व्यवस्था गरेको स्वास्थ्यमन्त्री विराेध [&hellip;]</p>

काठमाडौ‌ं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरको ९ अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन नि:शुल्क पाइने व्यवस्था गरेको छ ।

मन्त्रालयले विराटनगरको कोशी अस्पताल, धनुषाको जनकपुर अस्पताल, हेटौडाको मदनभण्डारी अस्पताल, विरगंजको नारायणी अस्पताल, चितवनको भरतपुर अस्पताल, गण्डकीको पोखरा स्वा बि प्रतिस्ठ, बुटवलको लुम्बिनी अस्पताल, सुर्खेत अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन निस्शुल्क पाइने व्यवस्था गरेको स्वास्थ्यमन्त्री विराेध खतिवडाले जानकरी दिए ।

एकपटक लगाएपछि जिन्दगीभर पुग्ने यस भ्याक्सिन यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र पाइन्थियो ।

रेबिज इम्युनो ग्लोबुलिन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरि सुइको माध्यम्ले लगाइन्छ । सामान्यता एन्टिरेबिजको भ्याक्सिन लगाएको ७ दखि १० दिनभित्र मात्र शरिरले एन्टिबडी बनाउन थाल्दछ । एक वा एकभन्दा बढी घाउ हुने गरी टोकेको, ठुलो घाउ हुने गरी टोकेको अवस्थामा निम्तने जोखिमलाई तत्काल कम गर्न रेबिज इम्युनो ग्लोबुलिन लगाइन्छ ।

टेकुको मात्र विगत ७ वर्षको तथ्याङ्क हेर्ने हो भने रेबिजको कारण वार्षिक १५ दखेि ३६ जनासम्मको मृत्यु भएको देखिन्छ ।

Share News