भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आग्रहः सस्तोमा बिजुली, जग्गा र कर छुट दिन्छौं, नेपालमा लगानी गर्नुस्

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी व्यवसायीहरुलाई नेपालमा उद्योग व्यवसाय गर्न आग्रह गरेका छन् । बुधबार यति टेक्निक फार्मले आयोजना गरेको फोर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले विदेशी विशेष गरेर भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन् । कार्यक्रममा उपस्थित भारतीय व्यवसायीहरुलाई इंकित गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नको लागि सरकार तयार रहेको [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी व्यवसायीहरुलाई नेपालमा उद्योग व्यवसाय गर्न आग्रह गरेका छन् । बुधबार यति टेक्निक फार्मले आयोजना गरेको फोर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले विदेशी विशेष गरेर भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन् ।

कार्यक्रममा उपस्थित भारतीय व्यवसायीहरुलाई इंकित गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नको लागि सरकार तयार रहेको बताउँदै नेपालमा आएर लगानी गर्न आग्रह गरेका हुन् ।

उनले कार्यक्रममा भने,‘ नेपालमा श्रम सस्तो छ भारतमा अहिले बिजुली प्रति युनिट २० रुपैयाँ छ हाम्रोमा ६ रुपैयाँमा दिन्छौं, जग्गा पनि दिन्छौं, तपाईं यहाँ आएर कारखाना खोल्नुस्, तपाईंलाई अन्य सुविधा पनि दिन्छौं, आवश्यक कर छुट पनि दिन्छौं, यहाँबाट उत्पादन अन्य देशमा सप्लाई गर्नुस्, यहाँहरु आउनु भयो भने सरकारले आवश्यक सहयोग गर्नेछ ।’

यसका साथै उनले सरकारले आयात प्रतिस्थापन गरेर निर्यातमा प्रोहत्सान गर्ने नीति लिएको बताउँदै कृषिलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताए । उनले सरकारले कृषि, पर्यटन र जलविद्युतलाई विशेष प्राथमिकतामा राखेको बताउँदै उत्पादनमा जोड दिन आग्रह गरे ।

‘कृषि बिना हाम्रो सम्पन्नताको सपना पूरा गर्न सक्दैनौं, कृषि पर्यटन र जलविदुत हाम्रा उत्पादनका मुख्य क्षेत्र हुन्, तर पछिल्लो समय हामी परनिर्भर बन्दै गएका छौं, अब हामीले साझा प्रतिवद्धता गरेर जानु पर्ने आवश्यक छ,’ उनले भने,‘तत्काल रोजगारी सिर्जना गर्ने क्षेत्र हो, यसमा लगानी बढाउनु पर्छ ।’

Share News