शनिबार नर्भिकमा बालरोग र हाडजोर्नी रोग विशेषज्ञको निःशुल्क ओपिडी हुने

<p>काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. विनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा. सगुनको [&hellip;]</p>

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् ।

नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. विनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा. सगुनको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।

बालरोग विशेषज्ञ डा. जोशीले बिहान १० बजेदेखि १२ बजेसम्म र हाडजोर्नी रोग विशेषज्ञ डा. जोशीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ ।

Share News