आजदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको खोप

<p>काठमाडौं । कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । सरकारले आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालीकालाई लक्षित गरेर फाइजर बायोएनटेक खोप अभियान सञ्चालन गर्न लागेको हो । फाइजर खोपको पहिलो मात्रा आगामी मंसिर ४ गतेसम्म लगाईने लागिएको स्वास्स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएकालाई दोस्रो [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । सरकारले आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालीकालाई लक्षित गरेर फाइजर बायोएनटेक खोप अभियान सञ्चालन गर्न लागेको हो ।

फाइजर खोपको पहिलो मात्रा आगामी मंसिर ४ गतेसम्म लगाईने लागिएको स्वास्स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा मंसिर २७ गतेदेखि दिइनेछ ।

सरकारले तोकेका देशभरका २४ अस्पतालमा गएर यो खोप लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालका अनुसार यो खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई पहिलो प्राथमिकतामा राखेर दिइने छ। १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोगका बिरामीहरूलाई यो खोप दिने तयारी छ।

फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसङ्ख्यालाई दिन मिल्ने भएकाले १२–१७ वर्षका व्यक्तिहरूलाई यो खोप दिने तयारी सरकारले गरेको हो।

Share News