१२ देखि १८ वर्षका बालबालिकाकाे लागि १ कराेड खाेप बुक भइसक्याे: स्वास्थ्यमन्त्री

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवाडाले १२ वर्षदेखि १८ वर्षसम्मका लागि १ करोड खोप बुक भइसकेको बताएका छन् । स्वास्थ्यमन्त्री खतिवाडाले अमेरिकासँग १ करोड फाइजर र मोडर्नाको खोप बुक भइसकेको बताएका हुन् । उनले उक्त खोप ५० लाख जनाले पाउने र नपुगेको अवस्थामा थप ल्याउने पनि जानकारी दिए । सो खोप १५ दिनपछि आउन [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवाडाले १२ वर्षदेखि १८ वर्षसम्मका लागि १ करोड खोप बुक भइसकेको बताएका छन् । स्वास्थ्यमन्त्री खतिवाडाले अमेरिकासँग १ करोड फाइजर र मोडर्नाको खोप बुक भइसकेको बताएका हुन् ।

उनले उक्त खोप ५० लाख जनाले पाउने र नपुगेको अवस्थामा थप ल्याउने पनि जानकारी दिए । सो खोप १५ दिनपछि आउन सुरु गर्ने उनले बताएका छन् । भर्खरै आइपुगेको १ लाख डोज भने प्रयोगात्मक पक्षको लागि भएको उनले बताए ।

यस्तै उनले १२ वर्षभन्दा मुनिका बालबालिकाको लागि चीन र भारतमा खोप परीक्षण तेस्रो चरणमा पुगिसकेको र त्यसले विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने बित्तिकै नेपालले पनि ल्याउने जानकारी दिए ।

Share News