काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले शनिबार चालु आर्थिक वर्षका लागि २ अर्ब २८ करोड बजेट पारित गर्ने भएको छ । आन्तरिक समस्या र कोभिड महामारीका कारण साधारण हुन नसकेर रोकिएको साधारण सभा शनिबार गरेर बजेट पारित गर्न लागेको हो ।
चालु आर्थिक वर्षका लागि साधारणतर्फकाे ५७ करोड मात्र र विकासतर्फ १ अर्ब ७१ करोड गरी कुल रू. २ अर्ब २८ करोड रुपैयाँको बजेट पारित गर्ने कार्यक्रम रहेको छ । साथै उक्त सभाले आगामी दिनमा नेरेसोले के कस्तो रणनीतिका साथ अघि बढ्ने भन्ने मार्गदर्शन गर्ने समेत अपेक्षा गरिएको छ ।
आर्थिक वर्ष २०७७/७८ को बार्षिक बजेट साधारणतर्फकाे ५८ करोड ४३ लाख, र विकासतर्फकाे १ अर्ब ५४ करोड गरी कुल २ अर्ब १२ करोड ४३ लाख छुट्याएको थियो ।
नेपाल रेडक्रस सोसाइटीले संकटासन्न समुदायमा सेवा पु¥याउनका लागि संगठन विकास तथा क्षमता अभिवृद्धि र मानव स्रोत साधनको विकासमा समेत कार्य गर्दै आएको छ । जसको फलस्वरूप नेपाल रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरू विभिन्न किसिमका प्रकोप तथा महामारीमा निःस्वार्थ रूपमा खटेर सरकारले जनसमुदायमा पु¥याउने सेवा र रेडक्रसको सेवामुलक गतिविधिमा सहयोग पु¥याउन सक्षम भएका छन् ।