हृदयघात भएका चाैधरीकाे मुटुको सफल शल्यक्रिया

<p>काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक वसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ । परिवारसँग छुट्टी मनाउन दुबई पुगेका बखत चाैधरीलाई हृदयघात भएकाे थियाे । अस्पतालले विज्ञप्ति जारी गर्दै चौधरीको सफल शल्यक्रिया सफल भएको जानकारी दिएको हो । गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको ओपन हार्ट सर्जरी भएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले [&hellip;]</p>

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक वसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ । परिवारसँग छुट्टी मनाउन दुबई पुगेका बखत चाैधरीलाई हृदयघात भएकाे थियाे ।

अस्पतालले विज्ञप्ति जारी गर्दै चौधरीको सफल शल्यक्रिया सफल भएको जानकारी दिएको हो ।

गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको ओपन हार्ट सर्जरी भएको हो ।
शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालको अनुसार सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन् र २ दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

असोज ८ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि चाैधरी अस्पताल भर्ना भएका थिए । सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले उनलाई शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए ।

Share News