अर्थमन्त्रीले फेरि कुरा फेरे, ‘सेयर बजारको विषयमा गभर्नरसँग कुरा भएको साँचो हो’

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले फेरि कुरा फेरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सेयर बजारको विषयमा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले गभर्नरसँग फोनमा कुरा नगरेको बताएका थिए । तर, दुई दिन नबित्दै फेरि उनले आइबार गभर्नरसँग कुरा भएको स्पष्ट पारे । उनले शुक्रबार संसदमा सेयर बजारबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आफूबीच [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले फेरि कुरा फेरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सेयर बजारको विषयमा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले गभर्नरसँग फोनमा कुरा नगरेको बताएका थिए । तर, दुई दिन नबित्दै फेरि उनले आइबार गभर्नरसँग कुरा भएको स्पष्ट पारे ।

उनले शुक्रबार संसदमा सेयर बजारबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आफूबीच कुनै कुरा बताएका थिए । तर, आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गभर्नरसँग कुरा भएको सुनाए ।

‘गभर्नर मेरो सल्लाहकार हो, उहाँसँग मेरो कुरा नहुने होइन, कुरा भइरहन्छ, तर कुन विषयमा भयो  भन्ने हो । तर, सेयर बजार बढाउनुस्/  घटाउनुस् भनेर भनेको छैन,’ उनले भने ।

उनले ४२ लाख जनताको को लगानीको रक्षा गर्नु पर्ने अवस्था रहेको बताउँदै यस विषयमा आफुहरु गम्भीर रहेको बताए । सेयर बजामरमा देखिएका समस्या भएका विषयमा छानबिन पनि भइरहेकाे उनले बताए ।

उनले आइतकार संसदमा भनेका थिए, ‘मैले गभर्नरसँग फोनमा कुरा गरेको समाचारमा कतै आएको होला तर, त्यो सत्य होइन ।’ गत भदौ २१ गते अर्थमन्त्री शर्माको सचिवालयबाट प्रेसित प्रेस विज्ञप्तिमा ‘सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्रालयको ध्यानाकर्षण भएको’ जानकारी दिएको थियो ।

सम्बन्धित सामग्री: सेयर बजारबारे संसदमा झुट बोले अर्थमन्त्री शर्माले

Share News