साेमबार परीक्षण गरेकाे १४ प्रतिशतमा संक्रमण पुष्टि

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा परीक्षण गरेको १४ प्रतिशतमा संक्रमण पुष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार परीक्षण गरेका कुल १६ हजार २३३ जनामा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा परीक्षण गरेको १४ प्रतिशतमा संक्रमण पुष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार परीक्षण गरेका कुल १६ हजार २३३ जनामा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै कोरोना संक्रमणबाट थप १ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ७३० पुगेको छ ।

यस्तै काठमाडौं उपत्यकामा आज थप ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६६५, ललितपुरमा १०३ र भक्तपुरमा १३८ जना संक्रमित थपिएका हुन् ।

Share News