काठमाडौं । पुर्ण खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी निर्माण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले १३ हजार १६१ जनामा गरेको सर्वेक्षण अनुसार पुर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टबढी बनिसकेको पाइएको हो ।
यस्तै उक्त सर्वेक्षणले खोपको एकमात्रा खोप लगाउने ८० प्रतिशतमा एन्टिबडी पाइएको मन्त्रालयले जानकारी दिएको छ ।
यस सर्वेक्षणले नेपालमा प्रयोग भइरहेको खोप निकै प्रभावकारी भएको देखाएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए ।
मन्त्रालयले असार २१ गतेदेखि साउन ३० गतेसम्म संकलित नमूनाहरुबाट १३ हजार १६१ जनाको विश्लेषण गरेको थियो । उक्त सर्वेक्षणमा सामेल भएको ६८.६ नमूनामा एन्टबडी पाइएको छ ।