काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।
त्यस्तै कोरोना संक्रमणबाट थप २ हजार २६० जना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ७१४ पुगेको छ ।
यस्तै काठमाडौं उपत्यकामा आइतबार थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जना संक्रमित थपिएका हुन् ।