देशभर थप २ हजार ६५ जना संक्रमित थपिदा २ हजार ३३७ संक्रमणमुक्त

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २३० जना निको भएका छन् । हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् ।

Share News