काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षणमा १ हजार ८६२ र ५ हजार ५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७४५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्।
अहिले सक्रिय संक्रमित ३८ हजार २८७ रहेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये ३५ हजार २५० जना होम आइसोलेसन र ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा छन्।