प्रादेशिक उडान विस्तार गर्दै बुद्ध एयर, पोखराबाट सिमरा उडान सुरु

<p>काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले प्रादेशिक उडानलाई विस्तार गर्दै आएको छ । यसअघि काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले पछिल्लो समय अन्तरप्रदेश समेत उडान विस्तार सुरु गरेको छ । काठमाडौं बाहेक पोखराबाट पनि देशको विभिन्न प्रदेशहरुसँग सिधा उडान थालेको हो । पोखराबाट भैरहवा र भरतपुर (चितवन) मा सिधा उडान विस्तार [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले प्रादेशिक उडानलाई विस्तार गर्दै आएको छ । यसअघि काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले पछिल्लो समय अन्तरप्रदेश समेत उडान विस्तार सुरु गरेको छ ।

काठमाडौं बाहेक पोखराबाट पनि देशको विभिन्न प्रदेशहरुसँग सिधा उडान थालेको हो । पोखराबाट भैरहवा र भरतपुर (चितवन) मा सिधा उडान विस्तार गरेको बुद्ध एयरले जानकारी दिएको छ। यो वायुसेवाले केही साता अगाडि मात्रै नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो ।

आउँदो १ सेप्टेम्बर अर्थात भदौ १६ गतेबाट बुध्द एयरले पोखराबाट सिमरा (वीरगञ्ज) मा सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । शुरुवातमा साताको ३ दिन अर्थात आईतबार, बुधबार र शुक्रवार उडान भर्नेछन् । यात्रुको माग अनुसार उडान विस्तार गर्ने जनाएको छ । पोखराबाट-सिमरा १२ः२० र सिमराबाट-पोखराको उडान १३ः१५ बजे तोकिएको छ ।

यस उडानबाट दुबै प्रदेश तथा शहरका जनता लभान्वित हुनेछन् । यसबाट यी दुबै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार सिमरारवीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्नेछन् । सिमरारवीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने बुध्द एयरको विश्वास रहेको छ ।

सिमरारवीरगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकर्षित हुने बुध्द एयरले विज्ञप्तिमा जनाएको छ ।

बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु प्नि ल्याएको छ । सिमरा-पोखरा प्याकेजका लागि १० हजार ९९९ मा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फि हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ ।

बुध्द एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ ।

बुध्द एयरसँग ७२ सिटे एटीआर-७२ जहाज १० वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् ।

Share News