काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ५७३ नमुनामध्ये ८ हजार ६६७ जनाको पिसिआर र ४ हजार ९०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै आज १ हजार ३२० जना कोरोनामुक्त भएका छन् भने २० जनाले ज्यान गुमाएका छन् ।