काठमाडौं । ललितपुर जिल्लामा आज र भोलि कोभिसिल्डको दोस्रो डोज लगाइँदैं छ ।
भारतबाट पहिलो डोजको कोभिसिल्डको खोप आएपछि दोस्रो डोजको खोप नआएपछि आजबाट जिल्लाले दोस्रो डोजको रूपमा भुटान र जापानले दिएको एस्ट्राजेनेकाकाे खोप लगाउन थालेको हो ।
यस अघि स्थानीय तहले सञ्चालन गरेको खोप केन्द्रहरूमा नै उक्त खोप लगाइने जिल्लाका जनस्वास्थ्य प्रमुख खगेश्वर गलालले जानकारी दिए ।
ललितपुर महानगरकाे हकमा २९ ओटै वडामा उक्त खोप कार्यक्रम आज र भोलि सञ्चालन हुने पनि गलालले जनाए । उनका अनुसार महालक्ष्मी र गोदावरी नगरपालिकामा भने आज मात्र खोप लगाइने छ ।
ललितपुर जिल्लाभर जम्मा ७२ ओटा स्थानबाट खोप कार्यत्रलम सञ्चालन भइरहेको पनि गलालले बताए । उनको अनुसार उक्त खोप बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने छ ।
जापानले नेपाल सरकारलाई अनुदान स्वरुप १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको छ जसमध्ये आइतबारसम्म ८ लाख मात्रा नेपाल आइसकेको छ ।
भारतको सिरम इन्टिच्युटले बनाएको कोभिशिल्ड खोप अक्सफोर्ड-एस्ट्राजेनेकाको खोपको फर्मुला अनुसार बनाइएको हो ।