काठमाडौं । काठमाडौं जिल्लामा आज र भोलि कोभिसिल्डको दोस्रो डोज लगाइँदैं छ । जिल्लामा कोभिशिल्डको पहिलो मात्र लगाएकालाई दोस्रो डोजको रुपमा जापानबाट आएको एस्ट्राजेनेकाको खोप लगाइने भएको हो ।
यस अघि स्थानीय तहले संचालन गरेको खोप केन्द्रहरुमा नै उक्त खोप लगाइने स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ ।
महानगरको राधस्वामी आइसोलेसन सेन्टर बालजु, सशस्त्र प्रहरी बल अस्पताल बल्मम्बु, वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगंज, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा पनि दोस्रो खोप लगाइने भएको छ ।
जापानले नेपाल सरकारलाई अनदान स्वरुप १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने बताएको छ जसमध्ये आइतबारसम्म ८ लाख मात्रा नेपाल आइसकेको छ ।
भारतको सिरम इन्टिच्युटले बनाएको कोभिशिल्ड खोप अक्सफोर्ड(एस्ट्राजेनेकाको खोपको फर्मुला अनुसार बनाइएको हो ।